aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तिनाउ मिसनको माघ १५ गते साधारण सभा, मर्जसहित एजेण्डा पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
तिनाउ मिसनको माघ १५ गते साधारण सभा, मर्जसहित एजेण्डा पारित गर्दै

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा आगामी माघ १५ गते बिहीवार हुने भएको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले विहान ११ बजे अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रा.लि., बुटवलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभाले हाल कायम रहेको चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंकको चुक्तापूँजी रु. १ अर्ब ८१ करोड ३१ लाख रहेको छ । त्यस्तै सभाले यस बैंकलाई सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । प्राप्ति प्रयोजनको लागि मुल्यांकनकर्ताले तयार गरेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपातलाई पनि सभाले अन्तिम रुप दिनेछ ।

 सभाले सिटिजन्स बैंकले यस बैंकलाई प्राप्ति गरेपश्चिात् शेयर अनुपात १ः०९६ काय गर्ने प्रस्तावलाई अन्तिम रुप दिने भएको हो । वार्षिक साधारण सभा प्रयोजनको लागि माघ २ गते एक दिन शेयरधनी दर्ता किताब बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा माघ १ गतेसम्म कारोबार गरेका शेयरधनीहरुले सभामा भाग लिनका साथै बोनश शेयर प्राप्त गर्ने छन् । 


 

प्रतिक्रिया दिनुहोस