
काठमाडौं । गणपति माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति लिई कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने कम्पनीको भनाई छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ७ लाख ४५ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस