aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज क्यापिटलले बोलायो साधारण सभा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
सनराइज क्यापिटलले बोलायो साधारण सभा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले १० औं वार्षिक साधारणसभा आगामी माघ १६ गतेका लागि बोलाएको छ । कम्पनीको गत १६ गते बसेको सञ्चालक समितिको बैठकले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २७ (२) संशोधन गरी ३ जना संस्थापक सञ्चालक तथा २ जना स्वतन्त्र सञ्चालक कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलत र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ । 

प्रतिक्रिया दिनुहोस