aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फरवार्ड माइक्रोफाइनान्सले प्रस्ताव गर्यो ३१.५८ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
फरवार्ड माइक्रोफाइनान्सले प्रस्ताव गर्यो ३१.५८ प्रतिशत लाभांश

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस