
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले रू. १०० अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने भएको हो ।
कम्पनीले १ बराबर १ को अनुपातमा उक्त हकप्रद शेयर विक्री गर्न लागेको हो । यस हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रु. ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदपश्चात यो पूँजी रु. १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ । कम्पनकिो हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस