
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीले उक्त लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस