aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बजाजको नयाँ मोटरसाइकल ‘डोमिनार २५०’ नेपाली बजारमा, कति छ मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ पुस २०७७
बजाजको नयाँ मोटरसाइकल ‘डोमिनार २५०’ नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । बजाजको लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नयाँ बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा भित्राएको छ।

यसमा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको छ, जसले २७ पिएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ। क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध डोमिनार २५० मा डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको कम्पनीले जनाएको छ।

१३२ किमी प्रति घण्टासम्म सम्मको रफ्तारमा गुड्नसक्ने यो मोटरसाइकल १०।५ सेकेण्डमा ०–१०० किमी प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ। कम्पनीले यसको मूल्य ४ लाख ८९ हजार ९ सय निर्धारण गरेको छ। डोमिनार २५० मा एलइडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प अन जस्ता प्रविधी राखिएको छ। 

चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ। यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ।

यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ। त्यस्तै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ। नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबिएसमा पनि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस