
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस