aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

३० बिगाहा जग्गामा लगाएको गाँजा खेती नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
३० बिगाहा जग्गामा लगाएको गाँजा खेती नष्ट

मकवानपुर । राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस