
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट सेयधनीलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद९कर सहित० गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।
यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवाउपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी वर्षहरुमा सेयरधनीलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस