aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चन्द्रागिरी हिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ पुस २०७७
चन्द्रागिरी हिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । पुस २४ गतेदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा आवेदन दिने पुस २८ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा १५ गुणा आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागेको हो । 

यस कम्पनीको आईपीओमा विक्री खुला भएको चौथो दिन सोमवार सम्म १० लाख ८५ हजार ६९ जनाले रू. २ अर्ब १४ करोड १३ लाख १५ हजार बराबरको २ करोड १४ लाख १३ हजार १५० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्यिरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा १५ दशमलव ३३ गुणाले बढी हुन आउँछ । 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आइपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । 

आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर र मेरो शेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस