
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गतेदेखि निष्कासन गर्ने शतप्रतिशत हकप्रद शेयर पुस २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि पुस २९ गते बुक क्लोज गर्ने भएकाले पुस २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर भर्न पाउने भएका हुन् ।
कम्पनीले १ बराबर १ को अनुापतमा १०० रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने भएको हो । यस हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ भने हकप्रदपश्चात यो पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस