
काठमाडौं । साधना लघुबित्त वित्तीय संस्थाको चौथो बार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७६÷०७७ को नाफाबाट १८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी ०.९४७३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाको बुधबार होटल गोरखा बिसौनीमा सम्पन्न भएको उक्त साधारण सभाले सर्बसाधरण समुहबाट पुष्पा कुमारी घिमिरे तथा दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्वाचित गरेको छ । साधारण सभाले मर्जर÷प्राप्तीको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।
बार्षिक साधारण सभालाई सम्बोध गनुहुदै बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण बित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ठ प्रतिफल दिनको लागी पर्ने बताएका छन। हाल बित्तीय संस्थाको ७० बटा शाखा कार्यालयहरु मार्फत करिब ६०,००० घरपरिवारलाई प्रत्यक्ष बित्तीय सेबा प्रबाह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस