aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ माघ २०७७
महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो ।  यस योजनाअन्तर्गत, महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको स्थितिमा पनि कृषि क्षेत्रमा योगदान पु¥याएका छन् । बुधबार नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले योजनाको एक अंशका रूपमा आज (२८ पुस २०७७)  आयोजित ‘लक्की ड्र’ कार्यक्रममार्फत ३ बम्पर पुरस्कार विजेताहरूको घोषणा गरेका हुन । 

यस योजना अन्तर्गत जीवन बीमा (५ लाख रुपैयाँको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो । यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर)े ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।

ड्र विजेताहरूमा योग राज राई, शहिदभूमि, धनकुटा, निरन्जना चौधरी, नेपालगंज, राम बहादुर कामी, नेपालगंज,  रहेका छन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना ३० भाद्र २०७७ (१५ सेप्टेम्बर) देखि १५ मंसिर २०७७ सम्म (३० नोभेम्बर २०२०) सम्म मान्य थियो ।

प्रतिक्रिया दिनुहोस