aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

पाएनन् दुई हजार ७२१ जनाले कोरोना दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ माघ २०७७
पाएनन् दुई हजार ७२१ जनाले कोरोना दाबी भुक्तानी

काठमाडौं । दुई हजार ७२१ जनाले कोरोना बीमा दाबी भुक्तानी नपाएको देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको पौष २९ गते बुधबारसम्मको कोरोना बीमाको तथ्यांकमा यस्तो देखिएको हो । 

तथ्यांक अनुसार हालसम्म २५ हजार ३ सय १३ जनाले २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । 

त्यस्तै, १८३ जनाको कोरोना बीमा दाबी दोहोरो परेका कारण दाबी नदिने निर्णय गरिएको छ । पौष मसान्तसम्ममा ३ हजार ७ सय ३९ जनाको दाबी प्रक्रियामा रहेको, ८ हजार ४० जनाको बीमा दाबी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, ७ सय ४७ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेका समितिले जनाएको छ ।  

त्यसैगरि, दुई हजार ७२१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको र १० हजार ९ सय ७४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको उक्त विवरणमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस