aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

“चोरीको मोटरसाईकल नम्बर परिवर्तन गरी चलाउने पक्राउ”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
“चोरीको मोटरसाईकल नम्बर परिवर्तन गरी चलाउने पक्राउ”

 काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज बालाजु बाईसधारा स्थित सडक खण्डबाट जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को अनिल तामाङ्गले बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

काठमाण्डौं रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका वडा नं। १ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए । 

हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
 
यस आ.व.०७७०७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९ मोटरसाईकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस