aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ माघ २०७७
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणले मर्मत कार्यका लागि भन्दा उपत्यकाका २१ स्थानमा बिजुली काट्ने जानकारी दिएको हो।

बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने प्राधिकरणले जानकारी दिएको हो।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु र मित्रनगरलगायत क्षेत्रमा मर्मत कार्य गर्न विद्युत प्रवाह रोकिने र काम सकिएलगत्तै पुनस् प्रवाह गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस