
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले आठौं वार्षिक साधारण सभा माघ २५ गर्ने बोलाएको छ । सभा अकामा होटल सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीले गरेको हो ।
सभाले २ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारी गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १२ गते एक दिन बन्द रहनेछ । माघ ११ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस