aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिंगटी हाइड्रोको आईपीओ आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
सिंगटी हाइड्रोको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले आज (आइतबार)बाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि २९ करोडबराबरको २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस