aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनआई सी एशिया लघुवित्त वित्तीयको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
एनआई सी एशिया लघुवित्त वित्तीयको साधारण सभा सम्पन्न

काठमाडौं । एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सो अवसरमा संस्थाको आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आवा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।

यसका साथै एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लि बीचभएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । त्यसैगरि संस्थाको प्रबन्धपत्र तथ ानियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत  साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्वगर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त हुनुभएको छ ।

यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाभएको छोटो समयमा नै लघुवित्त क्षेत्रमाउच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसा सहितहाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस