aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

स्वाभिमान लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
स्वाभिमान लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको माघ ४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ६७ लाख ७ हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस