मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव २३ अंकले घटेर १ हजार २ सय ५८ दशमलव ६६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यसदिन १ सय ७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर खरिदबिक्री भई ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०३ अंकले बढेर २ सय ७० दशलमव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार ताँरागाँऊ रेजेन्सी होटलको भएको छ । जसको कारोबार ४ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको भएको छ । 
यस दिन सर्वा्िधक कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ३ दशमलव ८५ प्रतिशतले बढेको छ ।
साथै सर्वा्िधक गुमाउनेमा समाता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ३८ प्रतिशतले घटेको छ ।
यस दिन ११ वटा उपपरिसुचकहरुमा ३ वटा समूह बढेको छ भने ८ वटा समूह घटेका छन् ।
प्रतिक्रिया दिनुहोस