aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्या लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
सूर्या लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको बाह्रौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भएको हो । 

उक्त सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।  

उक्त सभाबाट शेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम १० करोड ७७ लाख ५६ हजार ९ सय   बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम ११ करोड ९० लाख ९९ हजार ७११ नगद लाभांश गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम २२ करोड ६८ लाख ५६ हजार ६११ लाभांश पारित भएको छ । 
 

प्रतिक्रिया दिनुहोस