
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको प्रतिशेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी प्रतिशेयर मूल्य ५० रुपैयाँ बनाउने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको हो ।
साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । यो प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस