aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

नयाँ होण्डा सिटीे नेपालमा, मूल्य कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
नयाँ होण्डा सिटीे नेपालमा, मूल्य कति पर्छ ?

काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले होण्डा सिटीको ५ औं जेनरेशनलाई नेपाली बजारमा भित्राएको छ । होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाई अघिल्लो जेनरेशनभन्दा बढी रहेको छ । 

होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुलएल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड्  LED डिआरएल, Zआकार एल.इ.डी. टर्न इन्डिकेटर, 3Dआकार घम् ¥याप एराउण्ड यूनिफर्म  LED  साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।

 यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्साभ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा तपाईंले १८.४ कि.मि. प्रति लिटर र ६ स्पिड म्यानूयलट्रान्समिसनमा तपाईंले १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गर्न सक्नुहुनेछ ।

 यसका साथै यस सेग्मेन्टमा लेन वाँचक्यामेराभएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा तपाईंले सहजपार्किङ्ग गर्न सक्नुहुनेछ । क्ष्(क्च्क्युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार हो । 

यहि माघ ५ गते धोबिघाट शोरुमबाटहोण्डा सिटीको दुई भेरियन्टहरुहोण्डा VX CVT/ZX CV लन्च गरिएको छ ।नेपालीबजारमा होण्डा सिटी VX CVT को मूल्य रु. ६५लाख९० हजार र होण्डा सिटी ZX CVT को मूल्य  ६९ लाख९० हजार रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस