aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

३४ लाख २९ हजारको सुजुकी सेडान सिरिज नेपाली बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
३४ लाख २९ हजारको सुजुकी सेडान सिरिज नेपाली बजारमा

काठमाडौं । सुजुकी मरुतीको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक भएको छ । सुजुकीको सेडान सिरिजमा मोडल डिजायरका नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक भएको हो । 

मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले डिजायरका नयाँ मोडल  बुकिङ खुला गरेको छ ।   

नयाँ डिजायर भीएक्स आइको मूल्य  ३४ लाख २९ हजार र डीजायर जेडएक्सआइ ३७ लाख ७९ हजार रुपैयाँ तोकिएको छ। २०२१ डिजायरमा नयाँ बम्पर र ग्रील डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर छ। 

 सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं। बेस्ट इन क्लास फीचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको भनाइ रहेको छ । 

प्रयोगकर्ताले नयाँ मोडल अझ मन पराउने उनले बताए। ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फीचर राखिएको उनले दाबी गरे । 

कम्पनीका अनुसार २०२१ डिजायरमा आइएसएस फङ्सनसहितको नेक्स्ट जेन(के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस इन्जिन छ। उच्च कम्प्रेसन रेसियो, कुल्ड इजिआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ। यसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ।

म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दावी छ। यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ। फ्रन्ट फेसियालाई परिष्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ। तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको कम्पनीको दाबी रहेको छ।
 

प्रतिक्रिया दिनुहोस