
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ भर्ने समय थप गरिएको छ । आईपीओ आवेदन दिँदा समस्या देखिएको कारण आवेदन दिने समय १ घन्टा थपेर ६ बजेसम्म पुर्याएको हो ।
सिडीएसीका अनुसार लगानीकर्ताले आज माघ ६ गते बेलुका ६ बजेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् । यस अघि आईपिओमा आवेदन दिने समय ५ बजेसम्म रहेपनि सिस्टममा समस्या आएकोले सिडीएसले आवेदन दिने समय १ घण्टा थप गरेको हो ।
यस कम्पनीले माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
अधिकत पूँजी ४० अर्ब रुपैयाँ र जारी पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस