aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पिपुल्स हाइड्रोपावरको आईपीओ निष्कासनका लागि सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
पिपुल्स हाइड्रोपावरको आईपीओ निष्कासनका लागि सम्झौता

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मे.वाको आयोजना प्रभावति स्थानीयका लागि ८२,५०,००० कित्ता शेयर निष्कासन गर्ने भएको छ ।

आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी दुई अर्व पचहत्तर करोडमध्ये बयासी करोड पचास लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ८२,५०,००० कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासीका लागि निष्कासन गर्न लागेको हो । 

स्थानीय सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रालिको रुपमा दर्ता भई २०७५ फाल्गुण १५गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । 

कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस