aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उखु किसानलाई आठ करोड भुक्तानी गर्न बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
उखु किसानलाई आठ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई  आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।  ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई  आठ करोड एक लाख रुपैयाँ बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । 

उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको  ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रकममध्ये हालसम्म  ५७ करोड ३० लाख रुपैयाँ रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिए । उनका अनुसार रु ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ । 

मन्त्रालयको तथ्याङ्कअनुसार रु१७ करोड रुपैयाँ बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले  दश करोड ८८ लाख रुपैयाँ बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा  एक करोेड ७६ लाख रुपैयाँ जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरे पनि अझै उक्त मिलले चार करोड ३६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी बाँकी रहेको छ । 

यसैगरी  चार करोड ७० लाख रुपैयाँबक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा रु एक करोड ५० लाख रुपैयाँजम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले  आठ करोड ४१ लाख रुपैयाँ बक्यौता रकम मध्येमा हालसम्म  पाँच करोड १६ लाख रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको  तीन करोड रुपैयाँ  रकम रोक्का राखिएको छ । 

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस