aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नाचिदेउ बसन्तीुको कभर बनाउनेले १ लाख पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
नाचिदेउ बसन्तीुको कभर बनाउनेले १ लाख पाउने

काठमाडौं । गायक दिल तामाङको म्युजिक भिडियो 'नाचिदेउ बसन्तीुको' कभर भिडियो बनाउनेले एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । उक्त कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ  ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै  ुनाचिदेउ बसन्तीुको कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने  जनाएको थियो ।

यस्तै गीतको भिडियोले  सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पुगेको छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय  रहेको भिडयोलाइ स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।गीतमा स्वर,  डि पी खनालको शब्द र शंकर थापा ूस्माइलूको सगीतमा  रहेको छ । गीतको भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस