
एजेंसी । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी सुजुकीले आफ्नो धेरै वटा मोडलको मूल्य बढाएको छ । यसको मूल्यमा १९ हनार ४०० भारु सम्मको वृद्धि भएको छ । कम्पनिले उत्पदनको मूल्यमा वृद्धि भएको कारण यस्तो निर्णय लिएको स्टक एक्सचेन्ज फाइलिङ्गलाई बताएको छ । भारतमा प्रत्येक वर्ष जति कार बिक्रि हुन्छ त्यसमध्य लगभग आधि मारुतिको हुने गर्दछ ।
कम्पनीले कुनचाहि मोडलको मूल्य बढेको हो भनेर अधिकारीक जानकारी चाहि दिएको छैन । तर, डिलरले भने अनुसार मारुतीकै धेरै जस्तो मोडल महँगो भएको जानकारी दिएको छ । अल्टो को मूल्य ९००० भारु र एक्प्रेसोको ७००० भारुले वृद्धि भएको छ । त्यसै गरी मिड सेग्मेन्टमा मारुतीको सबै भन्दा लोकप्रिय कार बलनोको १९४०० भारुले मूल्य वृद्धि भएको जानकारी गराइएको छ । भारतीय कार अधिकां कम्पनीहरुले आफ्नो मूल्य बढाएका छन् ।
एक वर्षमा स्टील ५० प्रतिशतभन्दा बढिले वृद्धि
यस अघि मारुती गाडिको मूल्य २.९५ लाख देखि ११.५२ भारु सम्म पनि पुगेको छ । एन्ट्री लेवल कार अल्टो सबैभन्दा सस्तो र पर्पज व्हीकल एक्सएल सबैभन्दा महँगो थियो । अघिल्लो महिना मात्र कार बनाउन लाग्ने सामानको मूल्य वृद्धि भएकोले जनवरी देखि कारको मूल्य वृधि हुने जानकारी कम्पनीले गराएको थियो। गाडि बनाउन सबै भन्दा ठूलो कन्पोनेन्ट स्टील हो र एक वर्षमा यसको मूल्य ५० प्रतिशतले बढेको छ ।
महिंन्द्रालको १.९ प्रतिशतलेमूल्य वृद्धि
मारुतीभन्दा पहिला महिन्द्रा एन्ड महिन्द्राले पनि यसै महिना गाडिको मूल्य बढाई सकेको छ । उसले आफ्नो गाडिको मूल्य १.९ प्रतिसतले बढाएको छ । जनवरी २०१९ मा मारुतिले आफ्नो मोडलको मूल्य ४.७ प्रतिशले बढाएको थियो ।
डिसेम्बरमा मारुतिको बिक्रि २० प्रतिशत
अघिल्लो महिना मारुतिले १.६० लाख कार बेचेको थियो र जसमा २०.२५ प्रतिशतले ग्रोथ भएको थियो । देश भित्र १७.८ प्रतिशतले ग्रोथ गर्दै १.४६ लाख भारुको गाडि बेचेको थियो। कम्पेक्ट सेगमेन्टमा सबै भन्दा बढि १८.२ प्रतिशतले वृद्धि रहेको थियो। कम्पनीको यसै सेगमेन्टमा स्विफ्ट इग्निस बलेनो र डिजायर जस्ता कारहरु छन् ।
प्रतिक्रिया दिनुहोस