aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चन्द्रागिरी हिल्सको आईपीओको प्रि अलोटमेण्ट आज, शुक्रबारभित्र बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
चन्द्रागिरी हिल्सको आईपीओको प्रि अलोटमेण्ट आज, शुक्रबारभित्र बाँडफाँट हुने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा प्रि अलोटमेण्ट आज हुदैंछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज प्रि अलोटमेण्ट गर्न लागेको जानकारी दिएको हो । शुक्रवार बाँडफाँट गर्ने तयारी स्वरुप आज प्रि अलोटमेण्ट हुन लागेको हो ।
  
यस कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । 

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । 

यस कम्पनीको आईपीओमा मागभन्दा १७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण हुनेछ । योग्य आवेदकमध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी दुई कित्ता थप दुई जनाले एक एक कित्ताका दरले पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री गरेको हो । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस