aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यूनाइटेड इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
यूनाइटेड इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६ औं वार्षिक साधारण सभा  बुधबार सम्पन्न भएको छ । कम्पनीको साधारण सभा वेबनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो ।  

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट्लाई नियुक्त गरिएको छ ।   

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस