aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बजाज अटो विश्वको सर्वाधिक मूल्यवान दुई–पाङ्ग्रे सवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
बजाज अटो विश्वको सर्वाधिक मूल्यवान दुई–पाङ्ग्रे सवारी

काठमाडौं  । बजाज अटो लिमिटेड बजार पूंजीकरण १.६लाख करोड रुपैयाँ नाघने विश्वव्यापी रुपमा पहिलो दुइ–पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पूँजीकरण १६१०७३.२१६ करोड रुपैयाँमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५ औंवर्षमा यो ऐतिहासिक माइल स्टोन स्थापना गरेको छ ।

विश्लेषकहरूका अनुसार योभन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले १.६ लाख करोड रुपैयाँभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैनन् ।  यसप्रकार, बजाज अटो दुइ–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन ।  १.६ लाख करोड रुपैयाँभन्दा बढीको बजार पुँजीकरण पु¥याउने विश्वमै पहिलो दुइ–पाङ्ग्रे कम्पनी पनि हो ।

बजाज अटोको यात्रा भारतमा ७५ बर्ष पहिले शुरू भएको थियो  र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् । जसलेयसलाई वास्तवमै “विश्वकौ लोकप्रिय भारतीय”ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ ।

बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्टमोटर साइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरू लगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन् । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्वबजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउन कारण नीतिक साझेदारी गरेको छ । 

यस उपलब्धीका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, “मोटरसाइकल वर्गमा कम्पनीको विशेषध्यान र विभेदको रणनीति प्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवाप्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।”

बजाज अटो बजाज समूहको फ्ल्याग सीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरुमध्ये एक हो । सन् १९२६ माभारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ । बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो ।

 बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो । भारतबाट निर्यात तीनमध्ये दुई बाइक र तीनपाङ्गे बजाजले बनाएको पाइएको छ । ७० भन्दा बढी देशहरूमा १५ मिलियनभन्दा बढी मोटरसाइकलहरू बिक्री भएसंगै, बजाज अटोले भारत सरकारको “मेक इन इंडिया”दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस