aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इन्साइडर ट्रेडिङ रोक्न सेवोनलाई सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
इन्साइडर ट्रेडिङ रोक्न सेवोनलाई सुझाव

काठमाडौं । धितोपत्र कारोबारमा इन्साइडर ट्रेकिङ रोक्न नीति ल्याउन सरोकारवालाहरुले नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएका छन् । असार मसान्तभित्र आगामी वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बोर्डले मंगलबार सरोकारवालासँग सुझाव लिएको हो ।

इन्साइडर ट्रेडिङको समस्या समाधान गर्न नीतिगत व्यवस्था गरी धितोपत्र कारोबार गर्न नपाउनेहरुको डाटा बनाउनुपर्ने अधिवक्ता अमृत खरेलले सुझाए । 

स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले लगानीकर्तालाई समयमै सूचना उपलब्ध गराउने वातावरण मिलाउन बोर्डलाई आग्रह गरे ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आगामी नीति तथा कार्यक्रममा प्राथमिक बजार मात्र होइन, दोस्रो बजार पनि प्रविधिमैत्री बनिसकेको उल्लेख गर्न अनुरोध गरे ।

आर्थिक वर्ष २०७४/७५ देखि बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सरोकारवालाहरुको सुझावकै आधारमा आगामी नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डले हाल ४४१ कम्पनीको नियमन गर्दै आएको छ । सरोकारवालाको मागबमोजिम इन्साइडर ट्रेकिङका लागि आवश्यक नीति ल्याउने काम अघि बढिसकेको बोर्डले जनाएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ । 

 

प्रतिक्रिया दिनुहोस