aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अमेरिका पठाउने नाममा १५ लाख ठगी गर्ने ६० वर्षे थापा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
अमेरिका पठाउने नाममा १५ लाख ठगी गर्ने ६० वर्षे थापा पक्राउ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका–५ खमारे घर भएका ६० वर्षीय तुलसी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

तुलसीले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै विश्वास दिलाई पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि काठमाडौं दरबारमार्गबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस