
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले रू. ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ विक्री गर्ने भएको छ ।
कम्पनीले स्थानियमा विक्री हुन नसकेको १६ लाख ९६ हजार ४०० कित्ता शेयर समेत जोडेर सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । उक्त आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते बोर्डको स्वीकृति पाएको छ । यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
प्रतिक्रिया दिनुहोस