aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सोनापुर सिमेन्टले २ अर्बको आईपीओ निष्काशन प्रक्रिया अघि बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
सोनापुर सिमेन्टले २ अर्बको आईपीओ निष्काशन प्रक्रिया अघि बढायो

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सार्वजनिक शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ।  

कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ। दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन्।

उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) तथा सचिन्द्र ढुंगाना सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड)ले माघ ०७ गते हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस