aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ माघ २०७७
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।

यस कम्पनीेसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन् । यस कम्पनीले २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड), मेखबहादुर थापा –नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) र  सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड)ले हस्ताक्षर गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस