
काठमाडौं । नेपालमा कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याने सरकारीको नीतिका विरुद्धमा १५ वटा कृषिसँग सम्बन्धीत कम्पनीहरुले विरोध गर्ने भएका छन् । कृषिको प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध १५ वटा कम्पनीले संघर्ष समिति घोषणा गरेका हुन ।
चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा कृषि उत्पादनसँग सम्बन्धित १५ वटा सरोकारवाला संघसंस्थाहरुले किसान तथा उमीहरुलाई समेटेर संघर्ष समिति बनाएका छन ।
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको संयोजकत्वमा बनेको समितिमा राष्ट्रिय कृषक समूह महासंघ नेपालका महासचिव रिता बस्ताकोटी सहसंयोजक, नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाल महासचिव, केन्द्रीय पशुपंक्षी पालन सहकारी संघका बाबुराम अधिकारी कोषाध्यक्ष रहेका छन् भने अन्य १३ जना सदस्य रहेका छन् ।
केहि वर्षअघिदेखि नेपालमा कृषिमा विदेशी कम्पनीलाई भित्र्याउनका लागि सरकारले नीति तयार गरिरहेको थियो । केपी ओलीको नेतृत्वको सरकार तत्कालिन मन्त्री घनश्याम भुसालले समेत उक्त नीतिको विरोध गर्दै आएका छन् ।
नेपालमा भारतका केहि कृषिसँग सम्बन्धीत कम्पनीले नेपालमा लगानी गर्ने चासो देखाएकाले नेपाल सरकारले नेपाल कृषिका धेरै जसो उ्रत्पादनमा आत्मनिर्भर भएका क्षेत्रमा पनि विदेशी लगानी ल्याउने तयारी गरेकाले कृषि उद्योगसँग सम्बन्धीय सरोकारहरुले विरोध गरेका हुन ।
प्रतिक्रिया दिनुहोस