
काठमाडौं । आइतवार शेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको पौने दुई घण्टाको कारोबारमै रू. ५ अर्ब ३१ करोड १९ लाख ५१ हजार बराबरको शेयर खरिद विक्री भएको छ ।
यस अवधिसम्म २०३ कम्पनीको ३६ हजार ६३३ पटकको व्यापारमा उक्त रकम बराबरको ७८ लाख ३५ हजार १३८ कित्ता शेयर किनबेच भएको हो । यो अवधिसम्म नेपाल लाइफको सर्वाधिक रकमको शेयर खरिद विक्री भएको छ । यस कम्पनीको रू. ३० करोड ८१ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको हो ।
यस दिन परिसूचक पनि ४२ दशमलव ६३ अंक बढेर २ हजार ४१७ विन्दुमा पुगेको छ । व्यापारिक र म्यचुअल फण्ड वाहेकका सबै परिसूचक उकालो लाग्दा पौने दुई घण्टाको कारोबारमा १२७ कम्पनीको शेयरमूल्य बढेको छ । यस अवधिसम्म मिथिला लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस