aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
लगानी

मलाई बिल गेट्सलाई भन्दा बढी पैसा चाहिएको छः आनन्दराज बतास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
मलाई बिल गेट्सलाई भन्दा बढी पैसा चाहिएको छः आनन्दराज बतास

काठमाडौं । अटोमोबाइल सेक्टर एकदम धेरै लगानी गर्नुपर्ने क्षेत्र हो । मेरो नेपालभरी १४ वटा वर्कशप छ । मसँग पैसा भयो भने १४० वटा बनाउने अभियानमा छु । एउटा वर्कशप बनाउन सामान्य बनायो भने पनि एक करोड रुपैयाँ खर्च हुन्छ । अटोमोबाइल क्षेत्रमा आइसर लिडिङ संस्था भएकोले दुई करोडभन्दा कममा एउटा वर्कशप बन्दैन । मेजर वर्कशप बनाउन १० करोड लगानी लाग्छ । मेरो १७ वटा कम्पनी छ । 

उधारो नै एक अर्बभन्दामाथि छ । यसैबाट कमाएर यहाँ आइपुगे । तर, अहिले मैले थोरै लगानीमा धेरै गर्न सक्ने काम के हो भनेर कोरोनकैबीच अध्ययन गर्न थाले । मलाई सोच्न बाध्य गरायो । धन्न रेपुटेश राम्रो भएको कारणले बैंकहरूले १० अर्ब भएपनि कर्जा दिन्छन् । 

कोरोनाकैबीच मैले दुई तीनवटा काम सोचे । कस्तो काम भने थोरै लगानी गरेर आमलाई सेवा दिन पनि सकिने र आम्दानी पनि अथाह हुने । यसमध्ये एउटा काम भनेको सूचना प्रविधिको क्षेत्र हो । यसमा लगानी भनेको मानव संशाधनलाई मात्रै हो । ४०/५० वटा कम्प्युटर र स्टाप अनुसारको तलब । । यसबाट खर्ब कमाउन पनि सकिन्छ, अर्ब कमाउन पनि सकिन्छ । 

यो बिजनेश गर्दा आम्दानी गर्न सके स्टाप राख्छु र नभएमा विदा गर्छु । यो ठिक व्यवसाय रहेछ । अहिलेसम्म मैले यो क्षेत्रमा ५० लाख लगानी गरे होला, पुरापुर दुई करोड लगानी होला । सफ्टवेयर भनेको बजारअनुसार मूल्य निर्धारण हुने हो । कम भोलुमबाट धेरै काम गर्न सकिँदो रहेछ । 

यहिबीच मैले ‘बी एस्योड’ भन्ने सेक्युरिटी सर्भिस पनि खोलेको छु । मेरो विशेषता भनेको लामो समयसम्म काम गर्ने साथीलाई पार्टनर बनाउनु हो । यो अर्गनाइजेशमा चारजना पार्टनर छन् । कोरोनकै बीच शुरु गरिएको यो सर्भिसमा १८० जनाले काम पाइसकेका छन् । आजको दिनमा भारतबाट १२ हजार सेक्युरिटी गार्डको माग आएको छ । मैले सक्दिन भनेको छु । मेरो संरचना त्यति बनिसकेको छैन । बी एस्योडमा मैले जतिसुकै लगानी गरेपनि ५ करोडभन्दा बढी खर्च हुँदैन । 

यदि मैले यो कम्पनीका ५ करोड खर्च गरे भने बुलेट प्रुफ गाडीसहित बेष्ट हाइटेक भएको कम्पनी बन्छ । मैले अहिले गरिरहेको व्यवसायभन्दा यो लगानी अत्यन्त कम हो । यो केही पनि होइन । 

एउटा स्टेज आउँछ १२ लाख सेक्युरिटी पठाउन सक्ने अवस्था आउँछ । यो बेलामा मैले १२ करोड लगानी गर्नु पर्दैन । पहिला गरेकै लगानीले पुग्छ । लकडाउनमा जन्माएको कम्पनीले मलाई १० वर्षपछि राम्रो प्रतिफल दिन्छ र मेरा कम्पनीमध्ये राम्रो कम्पनी बन्छ । 

यो अटोमोबाइल कम्पनीमा जति कमाएपनि खर्च धान्न सकिने अवस्था रहेन । तर, पनि अटोमोबाइल सेक्टर छोड्दिन । मेरो पहिचान यसैले बनाएको हो । १५/२० वर्ष पहिला अरुमा लगानी गर्ने सोच आएन कि आएन भनेर अहिले मैले सोच्ने गरेको छु । अहिलेको सोच पहिलानै आएको भए आजभन्दा धेरै वर्ष अगााडिनै यस्ता लगानी गरिसक्थे । 

२५ करोड लगानी गरेको होटल आनन्दले जति सुकै कमाएपनि वर्षमा ५ करोड आम्दानी गर्ला ५० करोड त गर्दैन । यसमा लिमिटेशन छ । होटलले दिने सेवा सुविधामा म बढी पैसा त लिन सक्दिन । 

त्यसैले म यस्तो बिजनेश गर्न चाहन्छु जसको अनलिमिटेड बिजनेश होस् । बी एस्योडलाई एक करोड रुपैयाँ खर्च गरेर सफ्टवेयर बनाएको छु । मेरो यसमा लगानी भनेको एक करोडको सफ्वेयर, एक करोडको मार्केटिङ खर्च, ५०/६० लाखको सर्वर र अन्य गरी ५ वर्षमा जम्मा ५ करोडमात्रै लगानी हो । ३ वर्ष मैले कमाउँदिन यसपछि मैले वर्षमा ५ करोड कमाउन थाल्छु । 

बी एस्योडमा डुबे भने वर्षमा एक करोडमात्रै डुब्छ तर, अटोमोबाइल क्षेत्रमा डुब्यो भने त वर्षमै अर्ब डुब्छ नि । यसकारण मध्यमस्तरको अर्थात थोरै लगानीमा गर्ने सक्ने बिजनेश गर्नुपर्ने रहेछ । अर्को मैले किसान बजार प्रालि भनेर पनि स्थापना गरेको छु । यसमा पनि एक करोड खर्च भएको छ । 

बी एस्योडमा डुबे भने वर्षमा एक करोडमात्रै डुब्छ तर, अटोमोबाइल क्षेत्रमा डुब्यो भने त वर्षमै अर्ब डुब्छ नि । यसकारण मध्यमस्तरको अर्थात थोरै लगानीमा गर्ने सक्ने बिजनेश गर्नुपर्ने रहेछ । अर्को मैले किसान बजार प्रालि भनेर पनि स्थापना गरेको छु । यसमा पनि एक करोड खर्च भएको छ । 

एउटा मार्ट खोल्नु पर्यो भने तीन करोड रुपैयाँ खर्च गरे एउटा आउटलेट तयार हुन्छ । एक करोडको आउटलेट र दुई करोडको सामान । ५० वटा खोलियो भने पनि जम्मा जम्मी डेढ अर्ब रुपैयाँमात्रै लगानी हुने हो । अहिलेसम्म ५० वटा आउटलेट कसैको पनि छैन । यसमा नगदकै कारोबार हुन्छ । उधारो दिनुपर्ने हुँदैन । 

त्यसैले मैले आज भोलि यस्तो काम सोचिरहेको छु, जुन काममा थोरै लगानी होस् र प्रशस्त पैसा होस् । दीर्घकालीन रुपमा जाने हो भने पर्यटन क्षेत्र एकदम राम्रो छ । मैले अहिले पनि पोखरामा दुई सय रोपनीमा कृषिमा काम गरिरहेको छु । म त्यहाँ ‘अहोरुट’ भन्ने बिरुवा रोप्दै छु । यो असध्यै मह्गो बिरुवा हो । यो बिरुवा अत्तर बनाउन प्रयोग हुन्छ । एउटा बिरुवा नै राम्रो सप्रियो भने २५ लाखदेखि एक करोडसम्म आउँछ ।

त्यो बगैंचाभित्र मैले सिमेन्टको प्रयोग नगरी ईँटा ढुंगाको राम्रो होटल बनाउँदै छु । अहिले लगानी गर्नको लागि पर्यटन क्षेत्र राम्रो छ फूड सेक्टर पनि राम्रो छ । सिमेन्ट अब स्याचुरेशनमा पुगिसकेको छ । 

हाइड्रोमा अहिले चार्मिङ छैन । बिग हाउसलाई देखाउनका लागि मात्रै हाइड्रो हो । हाइड्रोपावरमा एउटा यस्तो समय आउन सक्छ, जुनबेला उत्पादित विद्युतको पैसा नेपाल विद्युत प्राधिकरणले तिर्न नसक्ने पनि हुन सक्छ । अहिले हाइड्रोपावरभन्दा सोलार सस्तो भइसक्यो । फूड डेलिभरी राम्रो छ । ठूला होटलहरू डुब्ने अवस्थामा पुगेका छन् । 

मेहनत धेरै गरेर थोरै लगानीमा स्थापित बन्न सकिने बिजनेशमा लगानी गर्नु राम्रो हुन्छ । पैसा टन्न कमाउनु भएको छ भने ठूला क्षेत्रमा लगानी गर्दा हुन्छ नत्र थोरै लगानी गरेर धेरै कमाउन सकिने क्षेत्रमा लगानी गर्नुपर्छ । स्टाटअपका लागि यो राम्रो हुन्छ । स्टाटअप होइन तर, ब्याकअप कमजोर छ भने पनि यो लाइनबाट सोच्नु पर्छ । 

मेहनत धेरै गरेर थोरै लगानीमा स्थापित बन्न सकिने बिजनेशमा लगानी गर्नु राम्रो हुन्छ । पैसा टन्न कमाउनु भएको छ भने लगानीका ठूला क्षेत्रमा लगानी गर्दा हुन्छ नत्र थोरै लगानी गरेर धेरै कमाउन सकिने क्षेत्रमा लगानी गर्नुपर्छ । स्टाटअपका लागि यो राम्रो हुन्छ । स्टाटअप होइन तर, ब्याकअप कमजोर छ भने पनि यो लाइनबाट सोच्नु पर्छ । 

मलाई बिलगेट्सलाई भन्दा बढी पैसा चाहिएको छ । किन भन्नु होला ? आज ८ सय ५१ जना स्टाप छन् त्यो स्टापलाई बढाएर ८० हजार पुर्याउन मन लागेको छ । सपना ठूलो राख्नु पर्छ अनिमात्र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । शुरुमा मैले ५६ हजार रुपैयाँको फोटोकपी मेशिन किन्न लोन लिएको हुँ । २०४१ सालको कुरा हो । नेपाल बैंकबाट लोन लिन्थे ।  मैले एकै पटक धेरै लोन लिइन । पहिला लिएको लोन तिरिसकेपछि फेरि त्यो भन्दा ठूलो लोन लिने गरेको थिए । 

सात लाखको लोन लिँदा मलाई रातभरी निद्रा नै लागने । पोखराको होटल आनन्दका लागि मैले यो लोन लिएको थिए । त्यो लोनले मलाई जिम्मेवार बनाएको हो । सायद मैले लोन नलिएको भए म यतिधेरै जिम्मेवार बन्ने थिइन होला ।  

मान्छेले लाने दुई प्रकारले लिने गर्छ । एउटा लोन नतिर्ने नियतले भने अर्को लोन जतिसक्दो छिटो तिरिसक्नु पर्छ भनेर । जतिसक्दो छिटो तिर्छु भनेर लिएको लोनले पोल्छ । लोन तिर्नको लागि कि त मैले चोर्नु पर्यो कि त काम गर्नु पर्यो । यी दुईमध्ये एउटा वेय आफ्नो होइन, त्यसैले मैले मेहेनतका साथ काम गरे । कहिले तिरिसक्नु जस्तो भएको हुन्छ । लोनले मलाई काम गर्न वाध्य बनायो । मेरो जीवनको ‘यू टर्न’ भनेकै लोन हो । 

केही गर्नको लागि मैले पैसा कमाउनु पर्छ । ता कि पुन्य काम गर्न सकियोस् । राम्रो पैसा कमाउन सकियो भने बाड्न पाइन्छ क्या ।
ए आनन्दे थोरै लगानी गरेर धेरै कमाउने बिजनेश गर्ने बुद्धि पहिला नै तलाई किन आएन भनेर म अहिले आफैलाई  सोध्छु । (बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बताससँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस