
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर आजसम्म होल्ड गर्नेले सो कम्पनीको ५१ प्रतिशत सेयर पाउने भएका छन् । बुधबार सो कम्पनीले प्रस्तावित लाभांश तथा साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने मिति तय गरेको हो । आजसम्म शेयर किन्नेले पनि सो लाभांश तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।
नेपाल लाइफ इन्स्योरेन्सले माघ २८ गते २० औं साधारणसभा गर्दैछ । सो साधारणसभामा २० प्रतिशत नगद लाभांश तथा ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै, साधारणसभामा सो कम्पनीको शेयरको प्रतिशेयर मूल्य १ सय रुपैयाँ बाट घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव छलफल गरी पारित गर्ने कार्ययोजना पनि छ ।
त्यस्तै, सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस