
काठमाडौं । आईपीओ निष्काशनको प्रस्तावसहित बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित फागुन ७ गतेका लागि १३औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको माघ ९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३औं वार्षिक साधारण सभा फागुन ७ गते, शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगञ्ज, काठमाडौंमा बेलुका ३ बजे हुने जनाइएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस