
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बेंकको साधारण शेयर (आईपीओ) यस साता नै बाँडफाँट हुने भएको छ । माघ २ गतेदेखि ६ गतेसम्म निष्काशन गरेको आईपीओको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका डेपुटी सिईओ मेघ बहादुर थापाले यसै साता बाँडफाँट गर्ने तयारी गरिएको बताए । उनले भने, ‘शुक्रबार र शनिबारसम्ममा बाँडफाँट गर्ने तयारी गरेका छौं । शनिबारसम्म बाँडफाँट गरिसक्छौं ।’
कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा मागेभन्दा २.२७ गुणले बढी आवेदन परेको छ ।
प्रतिक्रिया दिनुहोस