aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२५० मेगावाट क्षमताको सौर्य ऊर्जाको लागि समझदारीपत्रमा हस्ताक्षर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
२५० मेगावाट क्षमताको सौर्य ऊर्जाको लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सौर्य उर्जा परियोजनाको लागि समभलदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना  स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्रमा आज हस्ताक्षर भएको हो । 

उक्त समझदारी पत्र अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । 

लगानी बोर्ड कार्यालयमा सम्पन्नमा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धकले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

प्रतिक्रिया दिनुहोस