aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भारतमा ट्राफिक नियम परिवर्तन, ट्राफिक नियम उलंघन गर्नेले बीमा प्रिमियम बढी तिर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
भारतमा ट्राफिक नियम परिवर्तन, ट्राफिक नियम उलंघन गर्नेले बीमा प्रिमियम बढी तिर्न पर्ने

एजेन्सी । भारतमा सडक दुर्घटनामा सबैभन्दा बढी मानिसको मृत्यु हुने देशका रुपमा पर्ने गर्दछ । भारतको सडक मन्त्रालयका अनुसार २०१८मा ४.६७ लाख सडक दुर्घटना भए । यसले १.५१ लाख मानिसको मृत्यु भएको थियो । त्यस्ता घटनाहरुलाई घटाउन भारतको बीमा नियामक बीमा नियामक र विकास प्राधिकरण (आईआरडीए) को वर्किंग कमिटीले केही सिफारिस गरेको छ । यस अनुसार, यातायात नियमहरू उलंघन गर्ने सवारी साधन मालिकहरूले अब धेरै बीमा प्रीमियम तिर्ने भएको छ । 

ट्राफिक नियम उल्ल्घनको लागि पेनाल्टी पोइन्टहरू तय गरिएको छ । मादक पदार्थ सेवन गरि गाडी चलाउँदा १०० अंकको अधिकतम जरिवाना तिर्नपर्ने हुन्छ । पेनल्टी पोइन्ट अनुसार पेनल्टी रकम तोकिएको छ ।

जसमा तिव्रगति वा जताभावी सवारी साधान चलाएमा ९० अंक, ट्राफिक नियम उलैघन गरेर सवारी साधन चलाएमा ९० अंक,ओभर टेक गरेर तिव्रगतिमा सवारी साधन चलाएमा ८० अंक,बीना लाइसेन्स तथा बीमा लेख नलिए सवारी साधन लगाएमा ७० अंक, गलत लेनबाट सवारी चलाएमा ६० अंक, ट्राफिक सिग्नल तोडेमा ६० अंक, ओभर लोड सामान राखेमा ४० अंक, सवारी साधानको मोडिफिकेसन गरेमा २० अंक र नोपार्किगमा सवारी साधान राखेमा २० अंकका आधारमा जरिवाना तिर्न पर्ने नियम बनाएको छ ।  

बीमा नियामकले २० जनवरीमा सदस्य कार्यसमितिको सिफारिसको मस्यौदा जारी गरेको थियो ।  यसमा सम्बन्धित पक्षहरूबाट १ फेब्रअरी २०२१ सम्म सुझावहरू मागिएको छ । विश्व १९९ देशमध्ये सडक तथ्यांकका अनुसार भारत सबैभन्दा अगाडि पर्ने गर्छ । यसपछि चीन र अमेरिका छ । डाटाका अनुसार कूल सडक दुर्घटनामा मृत्यु हुनेमा तिव्रगतिमा सवारी चलाउँदा भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार २०१८ मा भारतले विश्व दुर्घटनामा हुने कुल दुर्घटनामा ११ प्रतिशतको हिस्सा रहेको छ । 

प्रतिक्रिया दिनुहोस