aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इन्फ्रास्ट्रकचर बैंकको आईपीओ बाँडफाँट मिति तय, ६२७६ जनाको आवेदन अयोग्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
इन्फ्रास्ट्रकचर बैंकको आईपीओ बाँडफाँट मिति तय, ६२७६ जनाको आवेदन अयोग्य

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारण शेयर (आईपीओ) बाँडफाँट मिति तय भएको छ । बुधबार प्रि अलोटमेन्ट सकाएको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको जनाएको हो ।   

बिक्रि प्रबन्धकका अनुसार १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य भएको छ भने ६ हजार २ सय ७६ जनाको आवेदन अयोग्य भएको छ भने १० देखि ५० कित्ताको लागि आवेदन दिने सबैले माग गरे बमोजिम नै शेयर पाउने छन् ।  ६० कित्ता र त्यस माथि माथिको लागि आवेदन दिने मध्येबाट ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउने छन् । यस हिसाबमा एक जनाले अधिकतम ६० कित्तासम्म शेयर पाउने भएका छन् । 

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०।.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । 

प्रतिक्रिया दिनुहोस