aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेशनल हाइड्रोपावरको ६५ करोड उठ्ने बाटो खुल्यो, अर्को वर्षदेखि लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
नेशनल हाइड्रोपावरको ६५ करोड उठ्ने बाटो खुल्यो, अर्को वर्षदेखि लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल हाइड्रोपावरको वर्षौदेखि फसेको ६५ करोड रुपैयाँ उठ्ने भएको छ । नेशनल हाइड्रोपावर मुख्य प्रवद्र्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले गरेको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको अनुमति कम्पनीले लिन सक्ने भएपछि वर्षौदेखि फसेको रकम उठ्ने भएको हो । 

नेशनल हाइड्रोपावरले आफ्नो क्यासकेट आयोजना लामो समयसम्म पनि निर्माण नथालेपछि यो आयोजनाको अनुमति पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश अनुसार २०७१ पुस ३० गते उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले खारेज गरेको थियो। यो आयोजनाको लाइसेन्स खोसिएसँगै यसका लागि भएको ६५ करोड रुपैयाँ खर्चलाई कम्पनीले प्रोभिजनिङ गर्नु परेको थियो।

सरकारले उक्त तल्लो इन्द्रावती ४.५ मेगावट क्षमताको आयोजनाको मूल्य २३ करोड तोकिदिएको कम्पनीका सञ्चालक विश्वेश्वर सुवेदीले बताए । उनले भने, 'अब नेशनल हाइड्रोपावर बाहेका कम्पनीले उक्त आयोजना बनाउँछु भन्दा सरकारले तोकेको २३ करोड र नेशनल हाइड्रोपावरको ६५ करोड रकम तिर्नुपर्ने हुन्छ ।' 

सञ्चालक सुवेदीका अनुसार उर्जा मन्त्रालयले इन्द्रावतीको ४.५ मेगावाट क्षमताको लिलामीको  सूचना प्रकाशन गरेको बताए । नेशनल हाइड्रोपावरको क्यासकेट आयोजना भएकाले सरकारले प्रकाशन गरेको बोलपत्रमा पहिलो दावी नेशनल हाइड्रोपावरको नै रहने उनले बताए ।

उनले भने, 'नेशनल हाइड्रोपावरको क्यासकेट आयोजना भएकाले यसमा नेशनल हाइड्रोपावरकै आयोजना निर्माण स्थाल खरिद अन्य गरि करिब १५ करोड गरि ८० करोड बराबरको रकम लगानी भइसकेकाले यो अन्य कम्पनीले बोलपत्र पारे पनि बनाउन सक्ने सम्भावना हुँदैन । अन्य कम्पनीले यो आयोजना लिन्छु भन्यो भने पनि नेशनल हाइड्रोपावरको लगानी भएकाले ८० करोड बराबरको रकम दिनु पर्ने हुन्छ ।'

नेशनल हाइड्रोपावरले तल्लो इन्द्रावतीमा गरेको लगानीको ऋण अब जम्मा ३ करोड मात्र रहेको उनले बताए । यही वर्षदेखि नेशनल हाइड्रोपावर ऋणमुक्त रहने भएकाले ऋणको ब्याज तिर्न रकम प्रोभिजनिङ गर्नु पर्दैन । त्यसैले अर्को वर्षदेखि लगानीकर्तालाई लाभांश दिन सक्ने नेशनल हाइड्रोपावरका रहेको उनले बताए । 

एक वर्ष अगाडि कम्पनी शेयर मूल्य ५२ रुपैयाँसम्म पुगेको थियो ।  विगत एक साताको अवधिमा मात्रै कम्पनीको शेयर मूल्य २९ रुपैयाँले बढेको छ। बुधबार पनि नेशनल हाइड्रोपावरको शेयर मूल्य अधिकतम रहदै सर्किट लागेको थियो । अधिकतम बढ्ने क्रममा बुधबार कम्पनीको शेयर मूल्य १४५ रुपैयाँमा कारोबार भएको छ। बुधबार कम्पनीको १४ लाख ५४ हजार २२०  कित्ता शेयर कारोबार भएको छ। कम्पनीको २० करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो। 

नेशनल हाइड्रोपावरको अर्को भोजपुर जिल्लाको लोअर इर्खुवा हाइड्रोपावर १४.१५ मेगावाट क्षमताको आयोजनाको सुरुङ्ग मार्ग उत्खनन् गर्ने काम अगाडि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस