
काठमाडौं । माघ १५ गते (बिहिवार) सिटिजन्स बैंक इन्टरनेशनल सहित चार कम्पनीहरुको बार्षिक साधारण सभा हुदैछ । सिटिजन्स सहित नेशनल लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो, र तिनाउ मिसन डेभलपमेण्ट बैंकले बिहीवार बार्षिक साधारण सभा गर्न लागेका हुन । सिटीजन्स बैंक र तिनाउँ मिसन डेभलपमेण्टले सभा मार्फत प्राप्ती सम्बन्धि प्रस्ताव पारित गर्नेछन् ।
सिटिजन्सले बिहान ११ बजे बैंकको प्रधान कार्यालयको भवन दरबारमार्गमा र तिनाउ मिसन डेभलपमेण्ट बैंकले अम्रपाली कटेज एण्ड रेष्टुरेन्ट रुपन्देहीमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने भएको हो । तिनाउँ मिसन डेभलपमेण्टले भने सिटिजन्स बैंकले प्राप्ती गर्ने प्रस्ताव सहित ६ प्रतिशत बोनस शेयरको प्रस्ताव समेत पारित गर्नेछ । सिटिजन्स बैंकले तिनाउँ मिसन डेभलपमेण्टलाई १ः ०.९६ को अनुपातमा प्राप्ती गर्न लागेको हो । बिहीवारको सभाले प्राप्ती सम्बन्धि प्रस्तावलाई अन्तिम रुप दिनेछ ।
त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान १०ः३० बजे साधारण सभा गर्दैछ सभाले आव २०७५÷७६ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
घलेम्दी हाइड्रोले भने होटल मुनलाईट काठमाडौंमा बिहान ११ बजे सभा गर्दैछ । सभाले विगत दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस